कोभिड खोप लगाएको प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखिएको विरोधमा एक असन्तुट व्यक्तिले केरलाको उच्च अदालतमा उजुरी दिएका छन् । ६२ वर्षीय पिटर नाम गरेका व्यक्तिले खोपमा मोदीको तस्विर टाँस्दा आफ्नो मौलिक अधिकार हनन् भएको जिकिर गर्दै अदालतमा उजुरी दिएका हुन् । उनी भारतको प्रमुख विपक्षी कंग्रेसका सदस्यसमेत हुन् ।
‘मैले खोप लगाएको प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्विर राखेर नागरिकको निजी मामिलामा हस्तक्षेप भएको छ । प्रधानमन्त्री मोदीलाई यो कार्य तत्काल रोक्न आग्रह गर्छु ।’ उजुरीमा पिटरले भनेका छन् । खोपमा उनको नाम प्रयोग गर्नु प्रजातन्त्र र राष्ट्रका लागि अनुचित भएको उनको भनाई छ ।
पिटरको उजुरीबारे अध्ययन गर्दै केरला उच्च अदालतले केन्द्र र राज्य सरकारलाई दुई साताभित्र आफ्नो जबाफ दिन आदेश दिएको छ ।
खोप लगाउनेको व्यक्तिको विवरणबाहेक भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको खोप कार्डमा मोदीको तस्विर पनि छापिएको छ । अगस्टमा फोटबारे विवाद बढेपछि स्वस्थ्यमन्त्री भारती प्रविन पावरले ‘वृहत सार्वजनिक हित’ का लागि मोदीको तस्विर छापिएको बताएकी थिइन् ।
तर, पिटरको आफ्नै तर्क छ । उनी भन्छन्, ‘मोदी हाम्रो पहिलो प्रधानमन्त्री होइनन् न त कोभिडबिरुद्ध खोप लगाउने भारत नै पहिलो देश हो । तसर्थ कार्डमा उनको तस्विर टाँस्न आवश्यक छैन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस