Like us!
Follow us!
Connect us!
Watch us!

भारत–पाकिस्तान तनावबीच युद्धविराममा सहमति, ट्रम्पको ट्वीटपछि घोषणा

अर्थ संसार

शनिबार, २७ बैशाख २०८२, २० : ३३ मा प्रकाशित

भारत–पाकिस्तान तनावबीच युद्धविराममा सहमति, ट्रम्पको ट्वीटपछि घोषणा

भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच दुबै देशले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन्। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले X (पूर्व ट्विटर) मार्फत उक्त सहमतिको जानकारी दिएका हुन्।

ट्रम्पले लेखेका छन्, “India and Pakistan have agreed to a FULL AND IMMEDIATE CEASEFIRE.”

लगातार आक्रमणपछि युद्धविराम

शुक्रबार रातिदेखि भारत–पाकिस्तानबीचको द्वन्द्व पुनः चर्किएको थियो। पाकिस्तानले भारतमाथि ताजा हमला गरेपछि जम्मु, साम्बा, होशियारपुर लगायतका क्षेत्रमा साइरन बजाइएको र ब्ल्याकआउट गरिएको थियो।

त्यसको जवाफमा भारतले शनिबार इस्लामाबादस्थित पाकिस्तानका चार वटा एयरबेसमाथि क्षेप्यास्त्र र ड्रोन हमला गरेको भारतीय सञ्चारमाध्यम ANI ले जनाएको छ। भारतीय सेनाले बिहान ५ बजे अमृतसरको खासा क्यान्ट क्षेत्रमा उडिरहेका पाकिस्तानी सशस्त्र ड्रोनहरूलाई नष्ट गरिएको दाबी गरेको छ।

सबै प्रकारको कारबाही बन्द

भारतका परराष्ट्र सचिव विक्रम मिस्रीका अनुसार, शनिबार अपराह्न ३:३५ बजे पाकिस्तानका DGMO ले भारतका DGMO लाई फोन गरी दुबै देशबीच ५ बजेबाट थल, जल र आकाशमार्फत हुने सबै प्रकारका आक्रमणहरू रोकिने सहमति भएको जनाएका छन्।

स्रोतका अनुसार, अन्य विषयमा तत्काल वार्ता हुनेबारे भने सहमति जुटेको छैन।

अमेरिकी भूमिका

राष्ट्रपति ट्रम्पपछि अमेरिकी विदेश सचिव मार्को रुबियोले पनि भारत–पाकिस्तान युद्धविरामको पुष्टि गरेका छन्। उनले अमेरिकी उपराष्ट्रपति JD Vance सँगै पछिल्ला ४८ घण्टामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, भारतका विदेश मन्त्री एस. जयशंकर, पाकिस्तानका सेना प्रमुख आसिम मुनीर, र दुबै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग निरन्तर समन्वयमा रहेको बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको