Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जीको नोक्सानी बढ्यो, विद्युत बिक्री आम्दानी घट्दा असर

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, ०८ : १५ मा प्रकाशित

मोदी इनर्जीको नोक्सानी बढ्यो, विद्युत बिक्री आम्दानी घट्दा असर

मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार, कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झनै बढेको देखिएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले यस आर्थिक वर्षको सोही अवधिसम्ममा नोक्सानी बढाएर ३ करोड ११ लाख रुपैयाँ पुर्‍याएको छ।

कम्पनीको नोक्सानी बढ्नुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा आएको उल्लेख्य गिरावट रहेको बताइएको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन घटेर यसपटक १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, कम्पनीको कुल नाफा १४ करोड १७ लाख रुपैयाँबाट घटेर ८ करोड ९४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि १४ करोड २ लाख रुपैयाँबाट घट्दै ८ करोड ८३ लाख रुपैयाँमा रोकिएको छ।

यद्यपि, कम्पनीको वित्तीय खर्च भने २८.०७ प्रतिशतले घटेको छ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। तर, जगेडा कोषमा १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक ५ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ५९ रुपैयाँ ७९ पैसा रहेको विवरणमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको