Like us!
Follow us!
Connect us!
Watch us!

कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १४ : ११ मा प्रकाशित

कैलालीमा कृषिबालीमा मात्रै दुई अर्बभन्दा बढीको नोक्सान भएको अनुमान

गत ३१ असोजदेखि आएको अविरल बर्षाका कारण कैलालीमा कृषिबालीमा मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षेति भएको अनुमान गरिएको छ । यस बर्ष कैलालीको ७० हजार हेक्टर जमीनमा धान खेती भएको थियो । तीन दिनसम्मको अविरल बर्षा र हावाहुरीका कारण त्यसमध्ये ३० प्रतिशत अर्थात २१ हजार हेक्टरमा लगाएको बाली नष्ट भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । ‘२१ हजार हेक्टर जमीनबाट सरदर नौ लाख ५४ हजार क्विन्टल धान उत्पादन हुन सक्थ्यो,’ केन्द्रका प्रमुख खगेन्द्र शर्माले भने, ‘बर्षाले दुई अर्बभन्दा बढीको नोक्सानी भएको छ ।’ कैलालीमा गत बर्ष ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा तीन लाख १५ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । 

केन्द्रका अनुसार कैलालीको दक्षिण पुर्वि क्षेत्रमा लगाएको धानवालीमा बढी क्षेति भएको छ । ‘बर्षा र हावाहुरीले जिल्लाभर नै क्षेति गरेको छ,’ शर्माले भने, ‘तर दक्षिण पूर्वि क्षेत्रमा बढी क्षेति भएको छ ।’ 
 
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष कृषिबालीमा क्षेति भएको प्रति कठ्ठा दुई सय ६६ रुपैयाँ ६७ पैसाका दरले क्षेतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसका आधारमा कैलालीका किसानलाई क्षेति पूर्ति दिने हो भने करिब १६ करोड ८० लाख बजेट आवश्यक पर्ने देख्निछ । त्यसका लागि संघीय सरकारको सहयोग आवश्यक पर्ने ज्ञान केन्द्रका प्रमुख शर्मा बताउँछन् । तर किसानलाई नगद भन्दा गहुँ खेतीमा सहुलित बीउ, मल उपलब्ध गराए सजिलो हुने उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको