Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा, माछापुच्छ्रे र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ३५ मा प्रकाशित

सानिमा, माछापुच्छ्रे र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट  बैंकको गत बर्षको मुनाफाबाट प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र यी बैंकहरुको् लाभांश प्राप्त गर्नसक्ने छन् । 

सानिमा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो कार्तिक ५ गते शुक्रबार, ६ गते शनिबार परेकोले नेप्सेमा काराृबार नहुने भएकाले आज कार्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ५ गते शुक्रबार, ६ गते शनिबार परेकोले नेप्सेमा काराृबार नहुने भएकाले आज कार्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको तेइसौँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजबजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको