Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सले डाक्याे स्थगित साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, १२ : १८ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सले डाक्याे स्थगित साधारण सभा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि स्थगित गरिएकाे वार्षिक साधारण सभा पुन: आह्वान गरेकाे  छ ।

अब कम्पनीकाे प्रथम वार्षिक साधारण सभा कार्तिक २६ गते, शुक्रबार होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुनेछ । यसअघि कम्पनीकाे साधारण सभा कार्तिक १२ गते शुक्रबार गर्ने भनिएकाेमा काबु बाहिरकाे परिस्थितिहरूका कारणले गर्दा स्थगित भएकाे थियाे ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।

सभामा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेकाे छ ।

कम्पनीकाे सूचना यस प्रकारकाे छ :

61710b10e7c70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको