Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ०१ मा प्रकाशित

भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो

भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ ।

सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो । यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र  ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको