Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेप्से

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ०६ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३४ रूपैयाँ ५५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ३ सय ६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंककाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

61723ce0458e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको