Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको लाभांश परिमार्जन, बढ्यो बोनस

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, ११ : १० मा प्रकाशित

महिला लघुवित्तको लाभांश परिमार्जन, बढ्यो बोनस

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको आज (कार्तिक ५ गते, शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश अनुसार अब संस्थाले ४७.५ प्रतिशत बाेनस र २.५ प्रतिशत नगद वितरण गर्नेछ । 

यसअघि असोज २२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

No description available.
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको