Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे सर्कुलरले लघुवित्तलाई मजबुत बनाउँछ : सीईओ, महिला लघुवित्त

निशा हुमाँगाई

सोमबार, १५ फागुन २०७९, ११ : ०१ मा प्रकाशित

राष्ट्र बैंककाे सर्कुलरले लघुवित्तलाई मजबुत बनाउँछ : सीईओ, महिला लघुवित्त

नेपाल राष्ट्र बैंकले फागुन १० गते, बुधबार राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एउटा सर्कुलर जारी गर्याे ।  राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै ८ बुँदे निर्देशन जारी गरेकाे थियाे ।

राष्ट्र बैंककाे सर्कुलर अनुसार लघुवित्तहरूले  अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) माथिको वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको साधारण प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । राष्ट्र बैंकले बैंकबाट कर्जा लिएकाले लघुवित्तबाट लिन नपाउने व्यवस्था पनि गरेकाे छ ।  ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने राष्ट्र बैंकले जनाएकाे छ । यस्तै, लघुवित्तमा पनि एउटाबाट मात्रै लिनुपर्ने व्यवस्था गरिएकाे छ । 

राष्ट्र बैंकले संशोधन गर्यो लघुवित्तको एकीकृत निर्देशन, के-के छन् नयाँ व्यवस्था ? (पूर्णपाठ)

राष्ट्र बैंककाे उक्त सर्कुलर पछि बजारमा एक किसिमकाे तहल्का नै मच्चिएकाे छ । एकतर्फ केही व्यक्तिहरूले राष्ट्र बैंकले लघुवित्तहरूकाे विकृती राेक्न र वित्तीय सुशासनका लागि सही निर्णय लियाे भनिरहेका छन् भने अर्काेतर्फ केही व्यक्तिहरूले राष्ट्र बैंककाे उक्त निर्देशनले बजारमा ठूलाे असर गर्छ कर्जा लगानी राेकिन्छ काराेबार ठप्प हुन्छ भनिरहेका छन् । 

यसै सन्दर्भमा आखिर राष्ट्र बैंकको उक्त सर्कुलरले लघुवित्तहरूलाई कस्तो असर गर्छ भन्ने बुझ्न हामीले  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण प्रसाद न्यौपानेसँग कुराकानी गर्याैँ । उनले तत्कालिनका लागि केही प्रभाव पारेपनि दिर्घकालिन रूपमा यसले खासै प्रभाव नपार्ने बताए ।

अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, "अहिलेकाे अवस्थामा लघुवित्तहरूले विकृती फैलाए भनेर बजारमा एउटा भ्रम (हल्ला) फैलिएकाे छ । राष्ट्र बैंकले लघुवित्तहरूलाई मजबुत बनाउन यो निर्णय लिएको हो । नियमनकारी निकायको रूपमा राष्ट्र बैंकले केही राम्रो काम गर्न खोजिरहेको छ भने हामीले त्यसको समर्थन गर्नुपर्छ ।"

उनले थपे, "राष्ट्र बैंकले समग्रमा लघुवित्त संस्थाहरूलाई सुशासनमा कन्ट्रोल गर्ने हेतुले यस्ताे निर्देशिका जारी गरेकाे हाे । कहीँ कतै यसले तत्कालिनलाई केही प्रभाव पारेपनि दिर्घकालिन रूपमा राम्राे गर्छ ।"

लाभांश सीमाकाे बारेमा बुझ्दा उनले राष्ट्र बैंककाे सर्कुलरले लघुवित्तहरूकाे सेयरमूल्यमा नकारात्मक सर्किट नै लाग्नुपर्ने नदेखिएकाे बताए । "राष्ट्र बैंकले १५ प्रतिशत नै भनेर क्याप लगाएकाे हैन," उनले भने, "यसले सेयरमूल्य त्यसरी घट्नुपर्ने थिएन ।" 

प्राेभिजन लगायतकाे कुरामा पनि उनले संस्थाकाे पूँजी रिजर्भमा बस्ने भएर खासै प्रभाव नपार्ने बताए । समग्रमा राष्ट्र बैंककाे निर्देशिका स्वागतयाेग्य रहेकाे उनकाे धारणा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको