Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तहरूकाे क्यापिटल कम भएकै कारण सेयर बजारमा चलखेल हुन्छ : सीईओ, महिला लघुवित्त

अर्थ संसार टक

मंगलबार, २३ फागुन २०७९, ११ : ५५ मा प्रकाशित

१०० वटा राम्रो काम गर्दा पनि त्यो अनुसारको मुल्याङ्कन नहुने र एउटा सानो भन्दा पनि सानो नराम्रो काम भयो भने त्यसलाई बढी उचालिने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण प्रसाद न्यौपाने बताउँछन् ।

अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा अहिलेको लघुवित्तहरूको समस्या तथा संकटको बारेमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । जथाभावी लाईसेन्स वितरण, अस्वस्थ प्रतिस्पर्धा र ग्राहकहरूको राम्ररी पहिचान नहुँदा लघुवित्त क्षेत्रको समस्या उत्पन्न भएको उनी बताउँछन् । यस्ता समस्या निवारणका लागि अवधारणा निर्माण गर्नुपर्ने उनले बताए । राज्यले पनि सोही अनुसारको वातावरण निर्धारण गरिदिनु पर्ने जरूरी रहेको उनको तर्क छ । 

लघुवित्तहरू घरदैलो कार्यक्रम रहेको र बैंकहरूको जस्तो हाईफाई नहुने उनी बताउँछन् । लघुवित्तहरूमा सानो कारोबार हुने, सानै खर्चहरूमा कटौती हुने हुँदा त्यो कारणले पनि लघुवित्तहरूको क्यापिटल कम हुने, ईपीएस पनि बढी हुने हुँदा सेयर बजारमा चलखेल गर्न पाइने उनले बताए । कुराकानीको क्रममा उनले भने,  "लघुवित्तहरूकाे क्यापिटल कम भएकाे हुँदा सेयर बजारमा चलखेल गर्ने सम्भावना देखिएकाे हाेला । लघुवित्तहरूकाे सेयर थाेरै हुँदा काराेबार पनि थाेरै हुन्छ । काराेबार थाेरै हुँदा बजारमा कर्नरिङ गर्न सजिलाे हुन्छ ।" 

उनीसँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको