Like us!
Follow us!
Connect us!
Watch us!

४६ प्रतिशतले घट्यो महिला लघुवित्तको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०६ : ४२ मा प्रकाशित

४६ प्रतिशतले घट्यो महिला लघुवित्तको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४६ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ८ करोड ४५ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४६ प्रतिशतले घटेर ६ करोड ५१ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १२ करोड ७ लाख ७४ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३.४० प्रतिशतले घटेर १४ करोड ३७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज उच्च दरमा बढ्दा लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ७५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६१ रुपैयाँ ७९ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ७८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको