Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको वित्तीय अपडेट : १९.१२ प्रतिशतले घट्याे नाफा, ३४.७१ रुपैयाँमा झर्याे ईपीएस

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १३ : ११ मा प्रकाशित

महिला लघुवित्तको वित्तीय अपडेट : १९.१२ प्रतिशतले घट्याे नाफा, ३४.७१ रुपैयाँमा झर्याे ईपीएस

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा ७ करोड ५५ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशतले थाेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ९ करोड ३३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ५.७५ प्रतिशतले घटेर २९ करोड ९५ लाख ३८ हजार रूपैयाँमा झरेकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २८ करोड ३२ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा १८.९३ प्रतिशतले घटेर १० करोड ७८ लाख ३० हजार रुपैयाँमा सिमित छ । अघिल्लाे वर्ष संस्थाले १३ कराेड ३० लाख १६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य नाफा

संस्थाकाे वितरणयोग्य नाफा १६ हजार ४ सय ६७ रुपैयाँ पुगेको छ । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा २० करोड ६५ लाख ८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ५९ पैसाले घटेर ३४ रुपैयाँ ७१ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ६३ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको