Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले गति समात्न सकेन : गगन थापा

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १७ : २० मा प्रकाशित

सरकारले गति समात्न सकेन : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताएका छन् । सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उनको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, 'सरकारले जुन गति समाउनुपर्ने हो त्यो गति हामीले पक्रिनसकेका छैनौं । नेपाली नागरिकलाई डर लागेको छ । जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं । फेरि १९९० पछि खेर फाल्यौं । अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ ।'

नेता थापाले हाम्रो अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता औल्याए । 'एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ । त्यसको नजिक हामीहरु छौं र यो अवसर १५/२० वर्ष अझै रहनेछ । नेपाल लाभ लिनसक्यो भने सक्यो । नत्र हामी चुक्छौं । नेपालले प्रगति गर्न सक्दैन,' उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको