Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो अपि पावरको हकप्रद निष्कासन प्रकृया, बोर्डमा दियो निवेदन

अर्थ संसार

शनिबार, ०६ कार्तिक २०७८, ०६ : २९ मा प्रकाशित

अघि बढ्यो अपि पावरको हकप्रद निष्कासन प्रकृया, बोर्डमा दियो निवेदन

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ । आगामी वर्षदेखि यो आयोजना संचालनमा आउनेछ । हकप्रदबाट संकलित पूँजी यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ । 

यसै आर्थिक वर्षमा कम्पनी चन्द्र निगाहपूरमा ४ मे.वा. क्षमताको ग्रिडमा आवद्धसौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै दल्केबरमा १ मे.वा. क्षमता र सिमरामा १ मे.वा. क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनीलि ६२.५ मे.वा. को कम्पनी हुनेछ । आगामी वर्षदेखि कम्पनीको मुनाफामा उल्लेख्य वृद्धि हुनेछ र कम्पनीले दोहोरो अंकको आर्कषक लाभांश उपलब्ध गराउने समेत जनाएको छ ।

आयोगले पूर्व स्वीकृति दिँदै विभिन्न छ वटा शर्तहरु पनि तोकेको छ । सेयर बिक्रीबाट प्राप्त रकम आयोजना निर्माणमा लगानी गर्नुपर्ने र सोसमेत समावेश गरी ऋण र स्वलगानीको अनुपात कायम गर्नुपर्ने शर्त आयोगले राखेको छ । त्यस्तै ऐन नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समयसमयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने शर्तसमेत राखेको छ ।

 

61735b622feb9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको