Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकमा आज फ्री ओपिडी हुने

अर्थ संसार

शनिबार, ०६ कार्तिक २०७८, १० : ०७ मा प्रकाशित

नर्भिकमा आज फ्री ओपिडी हुने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आज शनिबार कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा सञ्चालन हुने भएको छ । 

नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । 
डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् । 

मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुनसक्नेछन् । 
नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको