Like us!
Follow us!
Connect us!
Watch us!

तिहारमा मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने

पत्रपत्रिका

सोमबार, ०८ कार्तिक २०७८, ०५ : ५८ मा प्रकाशित

तिहारमा मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने

यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो ।

प्mलोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली पूmलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो ।

केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्‍याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए । यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । गतवर्षको तुलनामा मालाको मूल्य बढे तापनि यस वर्षको तिहारमा देशभर करीब साढे १८ लाख मालाको खपत हुने अनुमान गरिएको एशोसिएशनले बताएको छ, जसमध्ये १५ लाख सयपत्री, ३ लाख मखमली, १५ हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ ।

करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको