Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकसहित ३ वटा वाणिज्य बैंक राष्ट्र बैंककाे कारबाहीमा

अर्थ संसार

सोमबार, ०८ कार्तिक २०७८, १५ : ४१ मा प्रकाशित

प्रभु बैंकसहित ३ वटा वाणिज्य बैंक राष्ट्र बैंककाे कारबाहीमा

विभिन्न ३ वटा वाणिज्य बैंकहरू राष्ट्र बैंककाे कारबाहीमा परेका छन् । प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड राष्ट्र बैंककाे कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंककाे ऐन अनुसार अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा यी बैंकहरूले आर्थिक वर्ष २०७७/७८ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले ३ बैंकहरुलाई हर्जाना लगाईएको हाे ।

राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ३० हजार ३ सय २४ रूपैयाँ २४ पैसा, प्रभु बैंकलाई ३५ हजार ६ सय ९५ रूपैयाँ १२ पैसा र हिमालयन बैंकलाई २ पटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको छ ।

जरिवाना रकमकाे विवरण तल उल्लेख गरिएकाे छ :

61768025c3666.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको