Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा

अर्थ संसार

सोमबार, ०८ कार्तिक २०७८, १६ : ३९ मा प्रकाशित

यी ५ फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा

नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्सलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गैरस्थलगत निरीक्षणको आधारमा विभिन्न फाइनान्स कम्पनीलाई जरिवाना तिराएको छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई कुल निक्षेपको पाँच प्रतिशत राष्ट्र बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएकाे हो ।

राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई पहिलोपटक एक सय ३८ रुपैयाँ २७ पैसा, गुडवील फाइनान्सलाई भदौमा अनिवार्य मौज्दात कायम नपरेबापत दुई हजार आठ सय सात रुपैयाँ ९९ पैसा जरिवाना तिराएको छ ।

त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सलाई दुई लाख ५९ हजार सात सय ५१ रुपैयाँ, जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार तीन सय आठ रुपैयाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले जरिवाना तिराइएको छ । 

त्यस्तै, राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई सात लाख ११ हजार (प्रथम त्रैमास),ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरेको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको