Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १० कार्तिक २०७८, ०७ : ०५ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको मुनाफामा बृद्धि आएको छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १५०.५१ प्रतिशतले बढेर ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १९ करोड ३३ लाख रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा ९९ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३०.२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको