एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
सभा, गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस