Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया लघुवित्तले बोलायो वार्षिक साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १० : २६ मा प्रकाशित

एनआईसी एसिया लघुवित्तले बोलायो  वार्षिक साधारणसभा,बुक क्लोज कहिले ?

एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्नो ७ औं वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले चैत ८ गते वार्षिक साधारणसभा बोलाएको हो। सभा सुनसरीको धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ। 

कम्पनीले यो वर्ष लाभांश प्रस्ताव भने गरेको छैन्  । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभाले संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थपघट गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने भएकाले फागुन २७ गतेसम्म कायम सेयरधनीमात्रै  संस्थाको सभामा भाग लिन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको