Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया लघुवित्तको दोस्रो त्रैमास- खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढ्नुको कारण के ?

अर्थ संसार

आइतबार, २० माघ २०८१, १२ : ५० मा प्रकाशित

एनआइसी एसिया लघुवित्तको दोस्रो त्रैमास-  खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढ्नुको कारण के ?

एनआइसी एसिया लघुवित्तको खुद नाफा बढेको छ । लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

यसअवधिमा यसको ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा  २८१.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 यो  अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी भने १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घट्दा पनि यसको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा यसको खुद नाफा बढेको हो ।

यसअवधिमा ५ करोड ८९ लाख ३९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ । यस अवधिसम्म आइपुग्दा यसको खराब कर्जा १३.३७ प्रतिशत छ ।

चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको