Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे कृति क्यापिटलकाे साधारण सभा आज, १३.४% लाभांश पारित हुँदै

अर्थ संसार

बुधबार, १० कार्तिक २०७८, ०८ : ४६ मा प्रकाशित

माछापुच्छ्रे कृति क्यापिटलकाे साधारण सभा आज, १३.४% लाभांश पारित हुँदै

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आज (कार्तिक १० गते, बुधबार) हुँदैछ । क्यापिटलकाे असाेज १३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको दोश्रो वार्षिक साधारण सभा एम्बेस्सी रेस्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे ७ प्रतिशत बाेनस सेयर र ६.४ प्रतिशत नगद वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको