आशा लघुवित्त सिभिल लघुवित्त र स्वरोजगार लघुवित्त लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
आशा लघुवित्तकोे असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले भोलि अर्थात १२ कात्तिकमा बुक क्लोज गर्नेछ त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश र साधारसभामा सहभागि हुन पाउनेछन् ।
सिभिल लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले १४ कात्तिकमा बुक क्लोज गर्नेछ १२ र १३ गते शुक्रबार र शनिबार परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ । कम्पनीको आर्थिक वर्ष ०७७र७८ को नाफा(नोक्सानसम्बन्धी छलफल, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेन्डा छ । कम्पनीले सभामा चार करोड ६० लाख तीन हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
त्यस्तै स्वरोजगार लघुवित्तले पनि साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार आज कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको साधारण सभा कार्तिक २७ गते हुदैँछ ।
लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस