Like us!
Follow us!
Connect us!
Watch us!

लगातार हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, ०७ : ११ मा प्रकाशित

लगातार हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

स्पेनिस क्लब बार्सिलोनाले खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको छ । बुधबार राति रायो भालेकोनोसँग १-० गोल अन्तरले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई १४ महिनापछि बर्खास्ती गरेको हो । 

१४ महिना अघि नोउ क्याम्प आएका कोम्यानले ला लिगामा १० खेलबाट जम्मा १५ अंक बनाएका छन् । टोली तालिकाको नवौं स्थानमा छ । 

क्लबले भनेको छ, 'रोनाल्ड कोम्यान टोलीबाट बिदा हुनुहुनेछ ।'  बुधबार भएको ला लिगाको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको थियो । रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे ।

खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदूपयोग गर्न सकेनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको