Like us!
Follow us!
Connect us!
Watch us!

निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा महासंघद्वारा बीमा समितिको ध्यानाकर्षण

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, ०७ : ५७ मा प्रकाशित

निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा  महासंघद्वारा बीमा समितिको ध्यानाकर्षण

बीमा समितिले गएको असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर (Minimum Premium Rate for Non-Tariff Insurance Business) सम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढन जानेछ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघ माग गर्दछ विज्ञप्तीमा भनिएको छ ।

यसैगरि बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर (Minimum Premium Rate for Non-Tariff Insurance Business)सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघ आग्रह गर्दछ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ । 

साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघ गम्भीर आग्रह गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको