Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, ०८ : १७ मा प्रकाशित

युनिलिभर नेपालको साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

युनिलिभर नेपालको वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर, काठमाडौंमा भर्चुअल अर्थात् भिडियो कन्फरेन्समार्फत दिउँसो ३स्४५ बजेदेखि शुरु हुनेछ । 

सभाले आज लाभांश सहित विभिन्न एजेन्डाहरु पारित गर्नेछ । कम्पनीले नगद लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका २५ असोजदेखि ११ कात्तिकसम्म बुक क्लोज गरेको थियो ।त्यसैले नेप्सेमा असोज २४ गते आइतबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको फाइदाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ । 

सभामा लाभांश वितरणको प्रस्तावसहित आर्थिक वर्ष ०७७–७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव रहेको छ । यसका साथै, कम्पनीको  परियोजनाहरुको खर्चहरू पारित गर्ने, निर्देशक नियुक्त गर्नेलगायतका एजेन्डा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको