प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले लघुवित्तको एक लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बढाबढ बिक्री खुला गर्न लागेको हो ।
सो सेयर खरिदका लागि २३ कात्तिकदेखि १ मंसिरसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ ।त्यसैले, बोलकबोल गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । लगानीकर्ताले न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै सेयरका लागि आवेदन दिन सक्नेछन्।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेकाे छ। बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरूले १ मंसिरसम्म आवेदन पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले यसमा सानिमा क्यापिटल पुतलीसडक काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस