माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ ।
सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
संस्थाको पूँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने, प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनको प्रस्तावहरु पनि साधारण सभाबाट पारित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस