Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, ०७ : ११ मा प्रकाशित

नेप्सेमा २ लघुवित्तको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त र आशा लघुवित्तको वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार २७२ रुपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ५९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले आज कात्तिक १२ देखि २७ सम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार हिजो कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको साधारण सभा कार्तिक २७ गते हुदैँछ ।

लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन् । 

त्यसैगरी, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार १ हजार ५१९ रुपैयाँ ९२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ८९९ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

आशा लघुवित्तकोे असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले आज अर्थात १२ कात्तिकमा बुक क्लोज गर्नेछ त्यसैले हिजोसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश र साधारसभामा सहभागि हुन पाउनेछन् । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको