Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन लघुवित्तको सेयर मूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, ०८ : २२ मा प्रकाशित

नेप्सेमा तीन लघुवित्तको सेयर मूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेप्सेमा आज तिन लघुवित्त कम्पनीहरुको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा वोमी लघुवित्त, सुर्योदय लघुवित्त र सपोर्ट लघुवित्तको सेयर मूल्य लाभांश सेयर पछि समायोजन गरिएको नेप्सेले जनाएको छ ।

वोमि लघुवित्तको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ४० रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको दशौँ वार्षिक साधारण सभा पौष १६ गते शुक्रबार, धुलिखेल नगरपालिका -४, धुलिखेल, काभ्रेपलाञ्चोकस्थित होटल अरनिको सभाहलमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा संस्थाको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष १ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै सुर्योदय लघुवित्तको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ४ सय २७ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ७ सय १३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा पौष १६ गते, शुक्रबार सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा संस्थाको कार्तिक २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने गाभिने (मर्जर) को प्रस्ताव पारित गरिनेछ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम भदौ १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाको कारोबार रोक्का रहेको छ ।

वार्षिक साधारण सभालाई ध्यानमा राखी पौष १ गतेदेखि पौष १६ गतेसम्म शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ । हाल यस वित्तीय संस्था वोमी लघुवित्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने (मर्जर प्रक्रियामा) रहेको हुँदा सेयर कारोबार रोक्का रहिरहेकाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रचलित कानुन बमोजिम यस संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाण्डौमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र यस सभामा भाग लिन र बोनस सेयर पाउने छन् ।

त्यसैगरी सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ७ सय ६९ रूपैयाँ २३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ३ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा पौष १० गते हुनेछ ।

सभामा संस्थाको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५७८९ प्रतिशत नगद गरी कुल ३१।५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको