Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लक्ष्मी उन्नती कोषको मूल्य समायोजन

अर्थ संसार

बुधबार, १३ साउन २०७८, १० : ०२ मा प्रकाशित

नेप्सेमा लक्ष्मी उन्नती कोषको मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामुहिक लगानी कोष लक्ष्मी उन्नती कोषको मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत लाभांश मा मूल्य समायोजन गरिएको हो ।

समायोजन अघि आर्थात हिजोको अन्तिम कारोबारमा कोषको प्रति इकाई मूल्य १५.१२ कायम भएको रहेको थियो । समायोजनपछि कोषको प्रति इकाई मूल्य १२.६२ कायम भएको छ  । 

कोषले नगद लाभांश वितरण गर्नको लागि आज साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो ।  त्यसैले हिजो साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषको श्रावण ५ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस योजनाको इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो । 

आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्ने यो कोष पहिलो हो । 

6100e18944a2d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको