Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एभरेष्ट बैंक सहित तीन कम्पनीको मूल्य समायोजन, कुनको भाउ कति ?

नेप्से

शुक्रबार, १७ मंसिर २०७८, ०६ : २९ मा प्रकाशित

नेप्सेमा एभरेष्ट बैंक सहित तीन कम्पनीको मूल्य समायोजन, कुनको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार एभरेष्ट बैंक सहित तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश पछि सेयर मूल्य समायोजन भएको हो । 

एभरेष्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
 

बैंकको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ५० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ८३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा पौष १ गते, बिहीबार एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १०.९३ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद गरी कुल ११.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  तेह्रौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार, महाराजा रिसोर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्थाको पनि ३१.०५ प्रतिशत बोनस सेयर पछि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५ सय ४ रूपैयाँ १ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको