Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन खुलेसंगै चन्द्रागिरी हिल्सले घटायो नोक्सानी, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १० : १५ मा प्रकाशित

लकडाउन खुलेसंगै चन्द्रागिरी हिल्सले घटायो नोक्सानी, अन्य वित्तिय अवस्था कस्तो ?

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ । गत आर्थिक बर्षको अन्तिमसम्ममा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद घाटामा थियो । कोभिड १९ का कारण बन्द कम्पनी कोभिडको प्रभाव कम भएसंगै खुल्दा यो अवधिमा कम्पनी नोक्सानी घटाउन सफल भएको देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ करोड १५ लाख ७० रुपैयाँ पगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिमा ४४ लाख २० हजार रुपैयााँमा सिमित हुन पुगेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा १७४५ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ । समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १० पैसा ऋणात्मक छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८३ पैसा ऋणात्मक थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको