Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको नाफा ५६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शनिबार, १३ कार्तिक २०७८, ०८ : १७ मा प्रकाशित

पोखरा फाइनान्सको नाफा ५६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा फाइनान्सको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सले १२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५६.०८ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा फाइनान्सले ८ लाख ३१ हजार हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सको सञ्चालन मुनाफा पनि ५६.११ प्रतिशतले बढेर १८ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ११ लाख ८७ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि २२.९७ प्रतिशतले बढेर ८ करोड ५ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ८ करोड ३८ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ३९ करोड ३३ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५४ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) १०९२.५९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको