Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफामा सामान्य बृद्धि, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, ०६ : ४४ मा प्रकाशित

कृषि विकास बैंकको नाफामा सामान्य बृद्धि, वितरणयोग्य मुनाफा कति ?

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा सामान्य बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि २.१२  प्रतिशतले बढेर ६२ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ६१ करोड १८ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि २७.३० प्रतिशतले बढेर १ अर्ब ७३ करोड २१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको खुद मुनाफा बढेपनि बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १४ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ २ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३४.५५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको