Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्शियल बैंकको खुद नाफा ३.९० प्रतिशतले घट्यो, वितरणयोग्य नाफा कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ०६ : ५४ मा प्रकाशित

प्राइम कमर्शियल बैंकको खुद नाफा ३.९० प्रतिशतले घट्यो, वितरणयोग्य नाफा कति ?

प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा सामान्य गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि २.६७ प्रतिशतले घटेर १ अर्ब ४० करोड ९० लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४४ करोड ७६ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ९.६० प्रतिशतले घटेर १ अर्ब ४० करोड १८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा  ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको खुद मुनाफासंगै बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर २४ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी रेसिया (पिई रेसियों) १९.६९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको