Like us!
Follow us!
Connect us!
Watch us!

सबैलाई उछिन्दै एनआईसी एशिया बन्यो पहिलो त्रैमासमा सबैभन्दा बढि कमाउने बैंक

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ०८ : ०८ मा प्रकाशित

सबैलाई उछिन्दै एनआईसी एशिया बन्यो पहिलो त्रैमासमा सबैभन्दा बढि कमाउने बैंक

 एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा बृद्धि आएको देखिन्छ । यो बृद्धिसंगै बैंक पहिलो त्रेमाससम्ममा सबैभन्दा बढि मुनाफा कमाउने बैंक बनेको छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले  १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले  १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १४.९३ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४५ करोड ८० लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ४२.४२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड २४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ र जगेडा कोषमा १० अर्ब ३९ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको खुद मुनाफा बढेपनि बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर ४० रुपैयाँ ८४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियों) २०.७८ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको