इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् ।
यस अघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको हो ।
यो प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एसिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ।
पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिसेजभित्र रहेको एटीएम विथड्रमा गई एनआईसी एसिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ।
प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी आउनेछ, जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ।
यसरी मोबाइल नम्बर र ओटीपीसहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस