एनआईसी एशिया बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.७९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.७९ प्रतिशत ब्याजदर तोकेको थियो।
पुस महिनाका लागि भने बैंकले ब्याजदर घटाएको छ। बैंकले पुसमा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागत तर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर तोकेको छ।
बैंकले पुस महिनामा व्यक्तिगत निक्षेपमा ३ महिना अवधिका लागि ३.५० प्रतिशत, ३ देखि १२ महिनाभन्दा कम अवधिका लागि ४ प्रतिशत, १२ महिनादेखि २ वर्ष अवधिका लागि ४.६५ प्रतिशत २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका लागि ४.७५ प्रतिशत र ५ वर्षदेखि माथिको अवधिका लागि ६.६० प्रतिशत ब्याजदर तोेकेको छ। संस्थागतमा ६ महिनादेखि २ वर्ष अवधिको लागि ३ प्रतिशत, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिको लागि ३.५० र ५ वर्षदेखि माथिको अवधिका लागि ५.६० प्रतिशत ब्याजदर तोकेको छ। अन्य साधारण बचत खातामा भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिइएको बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस