Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति?

अर्थ संसार

बुधबार, ३० असोज २०८१, ०८ : ३९ मा प्रकाशित

एनआईसी एशिया बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति?

एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्यानदर तोकेको थियो । बैंकले एक महिनामा ०.१९ प्रतिशत ब्याज घटाएको हो ।  

बैंकले साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । अघिल्लो महिनामा पनि बैंकले यही ब्याजदर कायम गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको