Like us!
Follow us!
Connect us!
Watch us!

३७.१४ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ११ : १६ मा प्रकाशित

३७.१४ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव १४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड चार लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

नेपाल बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९८ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार आएको हो । बैंकको कमिशन आम्दानी ४९ दशमलव ९१ प्रतिशत बढेको छ। 

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष चार दशमलव ६६ प्रतिशत बढेको छ । बैंकको निक्षेप छ दशमलव ३२ प्रतिशत बढेको छ भने कर्जा नौ दशमलव ३९ प्रतिशत बढेको छ ।  

त्यसैगरी, नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट चार रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको