Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १२ : ४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ प्रतिशतले बढाउन सफल भएको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा ९२ करोड ३७ लाख रुपैयाँ कमाएको उल्लेख छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा सीमित छ। ब्याज आम्दानी घटे पनि अरु सूचकमा भएको सुधारले बैंकले नाफा कमाउन सकेको देखिन्छ ।

बैंकले यो अवधिमा दुई प्रतिशतले ऋण वृद्धि गरेको छ। बैंकले पहिलो त्रैमासमा एक खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ । स्प्रेड दर चार दशमलव १४ बाट दुई दशमलव ५९ प्रतिशतमा झरेको छ । 

समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २० करोड ६० लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, बैंककाे चुक्ता पूँजी १२ अर्ब ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा, प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात २०.२४ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको