Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको सिइओले बुझे १ करोड ८५ लाख, कर्मचारी खर्च १ अर्ब ४३ लाख, अन्य खर्च कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १२ : ४४ मा प्रकाशित

सानिमा बैंकको सिइओले बुझे १ करोड ८५ लाख, कर्मचारी खर्च १ अर्ब ४३ लाख, अन्य खर्च कति ?

कोभिड-१९ ले ग्रस्त बैंक तथा वित्तीय क्षेत्रमा सानिमा बैक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा खुलेर खर्च गरेको छ ।

बैंकले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार कर्मचारी खर्च साँढे १ अर्ब र संचालन खर्च अर्ब नजिक खर्च गरेको देखिएको छ । बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सिइओ ) लाई तलव भत्ता र अन्य सुविधाहरु सहित १ कराेड ८४ लाख १५ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकको सिइओमा अहिले भुवन कुमार दाहाल रहेका छन् । त्यसैगरी बैंकले अन्य प्रमुख व्यवस्थापकहरुमा ३ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । यसमा हजारको हिसावकिताव राखिएको छैन । बैंकले गत आर्थिक वर्षमा व्यवस्थापनमा २ अर्ब २५ करोड ८३ लाख ११ हजार ६ सय ९५ रुपैयाँ खर्च गरेको छ । जसमध्ये, कर्मचारी तलव भत्ता तथा अन्य सुविधा बापत बैंकले गत वर्ष १ अर्ब ४३ करोड ९१ लाख ९६ हजार ७ सय ९३ रुपैयाँ खर्च गरेको छ ।

त्यसैगरी बैंकका सञ्चालक समितिका सदस्यहरुले पनि बैठक भत्ता बापत लाखौँ रुपैयाँ लिएका छन् । कम्पनीको वार्षिक प्रतिवेदन अनुसार सञ्चालन समितिको अध्यक्ष विनय कुमार श्रेष्ठले प्रति बैठक भत्ता १३ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

त्यसै गरी सदस्यहरुले प्रति बैठक भत्ता १२ हजार रुपैयाँको दरले बुझेका छन् । सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र पत्रिका, टेलिफेन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ उपलव्ध गराइएको छ । गत वर्ष बैंकले संचालक समितिको सदस्यहरुलाई भत्ता बापत ३६ लाख ४३ हजार रुपैयाँ भुक्तान गरेको छ ।

बैंकको सञ्चालनमा अध्यक्ष विनय कुमार श्रेष्ठ, सदस्यहरु तुक प्रसाद पौडेल, गायत्री थापा, भरत कुमार पोखरेल,, महेश घिमिरे, बलराम पराजुली रहेका छन् । बैंकले १७ औं वार्षिक साधारण सभा हिजाे (कार्तिक १४ गते) सम्पन्न गरेको छ । साधारण सभाबाट सेयरधनीलाई ०.८९४७ प्रतिश नगद लाभांश र १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको