Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि वृद्धि

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १३ : २७ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि वृद्धि

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे खुद नाफालगायत प्रमुख वित्तीय सूचकहरू बढेकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले २३ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४४.२८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १५ करोड ९७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

पहिलाे त्रैमाससम्म आइपुग्दा बैंकले ४६ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८.९२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४२ करोड ५७ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा ५१.४७ प्रतिशतले बढेर ३४ कराेड ५७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा २२ कराेड ८२ लाख ५८ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपैयाँ रहेकाे छ । बैंककाे जगेडा कोषमा १ अर्ब ७० करोड रूपैयाँ सञ्चित रहेको छ ।बैंककाे प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ६५ पैसा रहेकाे छ । बैंककाे प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसाले बढेर २७ रुपैयाँ ५९ पैसा पुगेको छ । बैंकको पीई रेसियो २१.१३ गुणा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको