Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र आईपेबीच व्यवसायिक सम्झौता, सहज रुपमा रकम पठाउन सकिने

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १४ : १० मा प्रकाशित

एनआईसी एशिया बैंक र आईपेबीच व्यवसायिक सम्झौता, सहज रुपमा रकम पठाउन सकिने

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट  क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।

मलेसिया, जापान, हङकङ, सिंगापुर,  न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै  आएका नेपालीहरूले अब बिना झन्झट iPay को एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् । यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस  बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझ्न सकिने व्यवस्था समेत रहेको छ । यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको  रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ । 

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउँदै  लैजाने क्रममा आफ्ना ग्राहकहरुको सहजताका लागि मोबाइल बैंकिङ्ग एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको हाे ।

आन्तरिक रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकहरूले  आफ्नो NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्नेछन् र यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित  काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । त्यसैगरी Receive Remit सुविधा अन्तर्गत यस बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम यस बैंकको कुनैपनि  शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै NIC ASIA MoBank मा Receive Remit गरेर यस बैंकमा  रहेको खातामा सोझै जम्मा गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको