Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपिओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १० : १५ मा प्रकाशित

हालै आईपिओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

हालसालै आईपिओ जारी गरेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाको आज कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

 साविक मनकामना लघवित्त वित्तीय संस्था लि। र साविक स्मार्ट लघवित्त वित्तीय संस्था लि बीच गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भै मिति २०७७ भदौ ११ देखि एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको हुँदा आयकर ऐन २०५८ को दफा दफा ४७ (क) उपदफा ५ मा भएको ब्यवस्था बमोजिम घोषित बोनश शेयरमा लाभांश कर छुटको व्यवस्था भएकाले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको कम्पनीले जनाएको छ । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

6180bf22d81d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको