Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको नाफामा ७३ प्रतिशतको उछाल, इपिएस कति ?

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १० : ५० मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको नाफामा ७३ प्रतिशतको उछाल, इपिएस कति ?

मनकामना स्मार्ट लघुवित्तले चालु आर्थिक वर्षको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमाससम्म आइपुग्दा मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ७३ दशमलव ९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्को खुद ब्याज आम्दानी ४८ दशमलव ३७ प्रतिशतले बढेर एक करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले एक करोड ३० लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्मा कम्पनीको सञ्चालन आम्दानीमा भने नोक्सान भएको छ । यसअवधिमा कम्पनी ५० लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ ।

लघुवित्तको खराब कर्जा तीन दशमलव ७३ प्रतिशतले बढेर नौ दशमलव ३३ प्रतिशत पुगेको छ । त्यस्तै, लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको