Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ०७ : ४३ मा प्रकाशित

लाभांश पारित गर्न मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको पाँचौ बार्षिक साधारणसभा चैत्र १६ होटल पौवा, सिद्धार्थनगर रुपन्देहिमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको